काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप २०२६ मा शुक्रबार ट्युनिसियालाई ३–१ गोल अन्तरले हराएर समूह विजेता बनेको छ । यो जितपछि डच टिमको सात अंक भएको छ र समूहको शीर्षमा रह्यो ।
अर्को खेलमा जापानले स्विडेनसँग १–१ को बराबरी खेल्यो । जापान पाँच अंकमा दोस्रो स्थानमा रह्यो र उसले पनि नकआउट चरणको यात्रा तय गर्यो ।यो नतिजाले तेस्रो उत्कृष्ट टिम हुँदै स्विडेनले पनि दोस्रो चरणको यात्रा निश्चित गर्यो । ट्युनिसिया भने निराशाजनक रूपमा शून्य अंकमा रह्यो र लगातार तीनै खेलमा पराजित रह्यो ।
कानसास सिटीमा भएको खेलमा इलियास स्खरीको आत्मघाती गोलमा नेदरल्यान्ड्स तेस्रो मिनेटमै अगाडि रहेको थियो । त्यसपछि ब्रायन रोबरीले सातौं मिनेटमा दोस्रो गोल थपे । ट्युनेसियाका लागि ५४ औं मिनेटमा हाजेम मुस्तरीले एक गोल फर्काए ।
जान पउल भानले ६२ औं मिनेटमा तेस्रो गोल गर्दै नेदरल्यान्ड्सको जित निश्चित गरे । डलास सिटीमा भने जापानले दाइजन माएदाको गोलले ५६ औं मिनेटमा अग्रता लिए पनि त्यो लामो समय टिकेन र एन्थोनी एलान्गाले ६२ औं मिनेटमा बराबरी गोल फर्काए ।





























प्रतिक्रिया