चितवन, २०, मंसिर
चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९७३१ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । "/>

ट्रकको ठक्करबाट मृत्यु

ट्रकको ठक्करबाट मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन, २०, मंसिर
चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९७३१ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
रासस

Skip This
Skip This
Logo