अमेरिकालाई हराए पनि टर्कीए विश्वकपबाट बाहिरियो

अमेरिकालाई हराए पनि टर्कीए विश्वकपबाट बाहिरियो

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत भर्खरै सकिएको समूह ‘डी’को खेलमा अमेरिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै टर्कीए विजयी भएको छ। तर, यो हारले अमेरिकालाई नकआउट चरणमा प्रवेश गर्नबाट कुनै बाधा गर्दैन।

यसअघि नै पाराग्वे र अस्ट्रेलियालाई पराजित गर्दै जारी विश्वकपको सह-आयोजकसमेत रहेको अमेरिका नकआउट चरणमा प्रवेश गरिसकेको टोली हो। टर्कीए भने फिफा विश्वकपको नकआउट चरणबाट बाहिरिसकेको टोली हो।

समूह डीको दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्कीए अर्को चरणमा प्रवेश नगरी विश्वकपबाटै बाहिरिएको टोली हो। उसले यो अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै खेलेको थियो।

अमेरिकाका लागि खेलको तेस्रो मिनेटमै अस्टो ट्रस्टीले गोल गर्दे अग्रता दिलाए । १० औँ मिनेटमा टर्किएका अराद ग्युलरले गोल गर्दै बराबरीको स्थितिमा ल्याए । २९ औँ मिनेटमा टर्किएका ओर्कुन कोकुनले गोल गर्दै खेलमा अग्रता बढाए । अमेरिकाका सेबास्टियन ब्रेहल्टरले गोल फर्काउँदै खेललाई २-२ को बराबरीमा ल्याए ।

यसअघि समूह चरणको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४- १ ले हराएको थियो । दोस्रो खेलमा उसले अष्ट्रेलियालाई २-0 ले पराजित गरेको थियो । टर्किएसँग हारेपनि अमेरिका ६ अंकसहित तालिकाको शीर्ष स्थनमा छ ।

अष्ट्रेलिया र पाराग्वेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह चरणका अन्य खेलमा अष्ट्रेलियाले टर्कीएलाई २-0 ले हराएको थियो भने अमेरिकासँग हारेको थियो । तालिकामा दोस्रो हुँदै अष्ट्रेलियाले नकआउट यात्रा सुरक्षित गरेको छ ।

यस्तै, पाराग्वेले टर्किएलाई १-0 ले हराएको थियो भने अमेरिकासँग पराजित भएको थियो । तालिकामा दुवै टोलीले चार अंक जोडेका छन् । गोल अन्तरका कारण अष्ट्रेलिया तालिकाको दोस्रो स्थानमा रहनेछ भने पाराग्वे तेस्रो स्थानमा रहनेछ । समूह चरणका तीन खेल मध्ये दुईमा हार र एकमा बराबरी खेलेको टर्किए भने विश्वकपबाट बाहिरिएको छ ।

Logo