ह्यारी केनलाई आध्यात्मिक शक्ति प्रयोग गरेर गोल गर्न रोकेको धार्मीक गुरु नाना क्वाकु दाबी

ह्यारी केनलाई आध्यात्मिक शक्ति प्रयोग गरेर गोल गर्न रोकेको धार्मीक गुरु नाना क्वाकु दाबी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गत बुधबार भएको घाना र इंग्ल्यान्डको खेलमा घानाका तथाकथित ‘धार्मिक गुरु’ नाना क्वाकु बोन्समले आध्यात्मिक शक्तिको प्रयोग गरी ह्यारी केनलाई गोल गर्नबाट रोक्न सफल भएको दाबी अहिले बेलायती मिडियाको चर्चामा छ।

उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। आफूले दैवी शक्ति प्रयोग गरी बलियो टोली इंग्ल्यान्डका ह्यारी केनलाई रोकेको क्वाकुको दाबी छ। क्वाकु खेल हेर्न स्टेडियममै पुगेका थिए।

खेलअघि धेरैले उनको यो कुरालाई वास्ता गरेका थिएनन् तर खेलपछि अहिले उनी चर्चामा छन्। घानासँग गोलरहित बराबरीमा रोकिएपछि उनको यो दाबीले धेरैको ध्यान तानेको छ। घानालाई पराजित गर्दै नकआउट पुग्ने लक्ष्यमा रहेको इंल्यान्डका लागि कप्तान ह्यारी केन सबैको नजरमा थिए। केनको नेतृत्वमा रहेको इंग्ल्यान्डले क्रोएसियालाई हराउँदा केनले २ गोल गरेका थिए।

उनको सोही लयको अपेक्षा थियो। तर घानाविरुद्धको खेलमा इंग्ल्यान्डले प्रभाव जमाउन संघर्ष गरे पनि सफल हुन सकेनन्। त्यसपछि घानाका बोनसम थप चर्चामा छन्। उनी घानाका परम्परागत आध्यात्मिक गुरु हुन्। उनको नाम ‘बुधबारको शैतान’को रुपमा समेत अनुवाद गरिएको छ।

उनले फुटबल स्टार र प्रमुख प्रतियोगिताहरुमा गरेको दाबीले अन्तर्राष्ट्रियस्तरको ध्यान तान्न सफल भएका छन्। इंग्ल्यान्ड र घानाको खेलअघि बोनसमले खेलमा केनको प्रभाव सीमित गर्न आध्यात्मिक शक्ति प्रयोग गरेको दाबी गरे।

उनले कप्तान केनलाई चोट पुर्याउन नखोजेको तर गोल गर्नबाट रोक्न भने खोजेको बताएका थिए। खेलपछि धेरैले केनको प्रदर्शन र उनको अभिव्यक्तिलाई जोडेर सामाजिक सञ्जालमा चर्चा गरेका छन्। बोनसमले फेसबुकमा भिडियो पोष्ट गर्दै आफू सम्पूर्ण संसारको सबैभन्दा शक्तिशाली अध्यात्मवादी भएको र केनलाई रिहा गरेको बताउँदै केनले अब अर्को खेलमा गोल गर्न सक्ने बताएको चर्चा सामाजिक सञ्जाल र अन्तराष्ट्रिय मिडियामा छ।

उनले भनेका छन्, ‘ह्यारी! म तिमीलाई भेट्न आउनेछु, ठीक छ हामी दाजुभाइ हौँ, म तिमीलाई धेरै माया गर्छु।’ उनले यसअघि पनि सन् २०१४ को विश्वकपअघि पोर्चुगलको कप्तान क्रिस्टियानो रोनाल्डोको घुँडाको समस्याको बारेमा समेत बोलेका थिए।

बोन्समले घानाको राजधानी अक्रामा तीर्थस्थलहरु सञ्चालन गर्छन् र आफूलाई परम्परागत पुजारी र जडीबुटी विशेषज्ञको रुपमा चिनाउँछन्। उनले अफ्रिकी परम्परागत आध्यात्मिक अभ्यासका बारेमा समेत बोल्दै आएका छन्। एजेन्सीबाट

Logo