दुई पूर्वविजेताको खेलमा स्पेन उरुग्वेसँग भिड्दै

दुई पूर्वविजेताको खेलमा स्पेन उरुग्वेसँग भिड्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को शनिबार हुन लागेको खेलमा स्पेन र उरुग्वे भिड्दै छन् । समूह ‘एच’को यो खेल दुई पूर्वविश्वकप विजेताको खेल हुनेछ । स्पेन चार अंकमा समूहको शीर्षमा छ भने उरुग्वे दुई अंकमा दोस्रोमा छ ।

यस्तै यही समूहको अर्को खेलमा केप भार्डेले साउदी अरेबियाको सामना गर्दैछ । केप भार्डेको पनि दुई अंक छ भने साउदी अरेबिया एक अंकमा छ । सबै टिमको नकआउट चरण पुग्ने र प्रतियोगिताबाट बाहिरिने डर कायमै छ ।

त्यसैले दुवै खेल रोमाञ्चक रहनेछन् । यसअघिको खेलमा स्पेन र केप भार्डेले गोलरहित बराबरी खेलेलगत्तै साउदी अरेबियाले पनि उरुग्वेलाई १–१ को बराबरीमा रोकेको थियो । यस्तै स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गरेको थियो भने उरुग्वे र केप भार्डेबीचको अर्को खेल २–२ को बराबरीमा टुंगिएको थियो ।

Logo