काठमाडौं । बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इनलाइटन इन्टरनेसनल एजुकेसनको आयोजनामा ‘स्टडी इन यूके बुटक्याम्प ४.० सिजन ५’ सम्पन्न भएको छ।
विद्यार्थीहरूलाई सही मार्गनिर्देशन र परामर्श प्रदान गर्ने उद्देश्यले बागबजारस्थित इनलाइटनकै कार्यालयमा आयोजित उक्त बुटक्याम्प शुक्रबार बिहान ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रममा बेलायती विश्वविद्यालयहरूमा उपलब्ध विभिन्न शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा भिसा आवेदनका विषयमा विद्यार्थी एवं अभिभावकहरूलाई परामर्श दिइएको थियो। बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले युकेका प्रतिष्ठित शिक्षण संस्थाहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरी विश्वविद्यालयको वातावरण र अध्ययनपछिका अवसरहरूका बारेमा आफ्ना जिज्ञासाहरू मेटाउने अवसर पाएका थिए।

इनलाइटनले विगत १७ वर्षदेखि वैदेशिक शिक्षामा जान चाहने नेपाली विद्यार्थीहरूलाई सही र भरपर्दो मार्गनिर्देशन प्रदान गर्दै आइरहेको छ । विशेषगरी युके, युएसए, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र जापानका लागि प्रमाणित परामर्श सेवा दिँदै सहज भिसा आवेदन प्रक्रिया, विश्वसनीय परामर्श र विद्यार्थीमैत्री सेवाका कारण इन्लाइटनले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छ। आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।































प्रतिक्रिया