नयाँ शक्तिलाई मत दिन करिश्माको अपिल

नयाँ शक्तिलाई मत दिन करिश्माको अपिल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ मंसिर ।

प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन अन्य नेता तथा कार्यकर्ता औपचारिक सभा समारोहमा ब्यस्त भइरहेको समयमा चलचित्र अभिनेत्री तथा नयाँ शक्ति पार्टी नेपालकी नेतृ करिश्मा मानन्धरले मत माग्नका लागि फेसबुकको प्रयोग गरेकी छिन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा चलचित्र क्षेत्रसँग सम्बन्धित तथा आफ्ना सबै सर्मथकलाई नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखामा मतदान गर्न आह्वान गरेकी छिन् ।

करिश्मा २१ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार छिन् । आफू जुनसुकै क्षेत्र वा तहमा पुगे पनि पहिलो आवाज चलचित्र, कला, संगीत र संस्कृति कै विषयमा हुने बताउँदै उनले नीति निर्माण तहमा पुगेर देशको आर्थिक समृद्धिको अभियानमा सरिक हुने चाहना व्यक्त गरेकी छिन् ।

करिश्माले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्– ‘हामी एउटै परिवार भएर यत्तिका वर्ष सँगै काम गरियो, यही परिवारको म एउटा सदस्य यस पालीको चुनावमा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार भएको हुँदा समानुपातिकको मतपत्रको आँखा चुनाव चिन्हमा एक भोट दिन नछुटाउनु होला ।’

Skip This
Skip This
Logo