काठमाडौं । अभिनेता अनमोल केसीले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाको खेल रंगशालामै पुगेर हेरेका छन् ।
नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्न अनमोल टेक्सासको ड्यालसस्थित रंगशालामा पुगेका हुन् । उनी अर्जेन्टिनाका समर्थक हु्न् । उनले रंगशालामा रमाउँदै गरेका फोटो र भिडियो सोसल मिडियामा सेयर गरेका छन् ।
आजको खेलमा डी–बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाएका थिए ।
अर्जेन्टिनाले समूह जे मा पूर्ण ९ अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ। यसअघि उनीहरूले अल्जेरियालाई ३–० र अस्ट्रियालाई २–० ले हराएका थिए, जसमा सबै गोल मेस्सीले गरेका थिए । अर्जेन्टिनाले सन् १९६२ को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ नकआउटमा केप भर्डेविरुद्ध खेल्दैछ ।






























प्रतिक्रिया