फुटसल खेल्दै उनी फुटबलमा आएका ब्राजिलका म्याथ्युज कुना

फुटसल खेल्दै उनी फुटबलमा आएका ब्राजिलका म्याथ्युज कुना

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । फरवार्ड, एट्याकिङ मिडफिल्ड र विंग्समा खेल्न सक्ने भएकाले म्याथ्युज कुना फरक खेलाडीको रूपमा आफूलाई मैदानमा चिनाउँछन् । उनले २०२० मै ब्राजिलको यू–२३ टोलीबाट ओलम्पिकमा स्वर्ण पदक जितेका थिए, जहाँ उनले ५ खेल खेल्दै ३ गोल गरेका थिए ।

तर उनले क्लब फुटबलमा भने लामो यात्रा तय गर्दै गत वर्ष म्यानचेस्टर युनाइटेड पुगेका छन् । १८ वर्षको उमेरमा उनी स्विस क्लब सिओन पुगेका थिए । त्यसपछि जर्मनीको आरबी लाइप्जिग, हर्था बर्लिन, स्पेनको एट्लेटिको म्याड्रिड, हुँदै इंग्ल्यान्डको उल्भरह्याम्पटन पुगेका थिए ।

फुटसल खेल्दै उनी फुटबलमा आएका हुन् । उनी २०२० देखि ब्राजिलको राष्ट्रिय टोलीमा छन् । २०२२ को विश्वकप छनोट पनि उनले खेलेका थिए, तर विश्वकपको ब्राजिली टोलीमा भने स्थान बनाउन सकेनन् । यसपालि उनले विश्वकपमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दा दुई गोल र स्कटल्यान्डविरुद्ध १ गोल गरेका थिए ।

Logo