काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत सोमबार हुने खेलमा दुई फरक विशेषता बोकेका पावरहाउस ब्राजिल र जापान आमनेसामने हुँदै छन्। एकातिर विश्वमञ्चमा आफ्नो उच्च अनुशासनका लागि चिनिएको जापान छ भने अर्कोतिर जापानविरुद्ध सधैँ आक्रामक बन्ने ब्राजिल रहेकाे छ ।
जापानी राष्ट्रिय टोलीले विश्वकप इतिहासमा एउटा विरलै देखिने र गर्विलो विश्व कीर्तिमान कायम राखेको छ। सन् १९९८ मा आफ्नो पहिलो विश्वकप खेलेदेखि अहिलेसम्म जापानका कुनै पनि खेलाडीले विश्वकपमा रातो कार्ड पाएका छैनन्। मैदानभित्रको यही कडा अनुशासनकै कारण सन् २०१८ को विश्वकपमा जापान फिफाको ‘फेयर प्ले’ नियमको आधारमा सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुग्न सफल भएको थियो।































प्रतिक्रिया