फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

Logo