काठमाडाैं । नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रालिबीच सम्झौता भएकाे छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई काठमाडाैंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको ॐ समाज डेन्टल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हाे ।
सम्झौताबमोजिम ॐ समाज डेन्टल हस्पिटलमा उपचार गर्दा नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले बिरामी दर्ता र जाँचमा १०० प्रतिशत तथा अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा १५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरे ।
































प्रतिक्रिया