काठमाडाैं । प्रभु बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित व्यवस्थापन केन्द्रीय विभागमा आयोजित कार्यक्रममा बैंकले शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित डिजिटल बोर्ड प्रदान गरेको जनाएको छ । बैंकका अनुसार उक्त सहयोगले डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन केन्द्रीय विभाग प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारीलगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
































प्रतिक्रिया