मुख छोपेर गाली गरेको आरोपमा इक्वेडरका खेलाडीलाई रेडकार्ड

मुख छोपेर गाली गरेको आरोपमा इक्वेडरका खेलाडीलाई रेडकार्ड

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ । घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा इक्वेडरका पियरो हिनकेपीले रेड कार्ड खाएका हुन् ।

खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हिनकेपी बाहिरिएका थिए, जतिबेला मेक्सिकोको जित निश्चित भइसकेको थियो । भिडिओ एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेडकार्ड दिने निर्णय गरेका हुन् ।

फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीहरुसँग भनाभनका क्रममा कसैले मुख छोपेर बोलेको खण्डमा अम्पायरले रेडकार्ड दिन सक्छन् ।

मुख छोपेर अश्लिल वा जातीय गाली गर्ने प्रवित्तिलाई रोक्न यो नियम लगाइएको हो । यो विश्वकपमा पहिलोपटक लगाइएको नियमका आधारमा यसअघि पाराग्वेका खेलाडीले रेडकार्ड पाएका थिए ।

Logo