मूल्य घट्दा पेट्रोल पम्पहरु धमाधम बन्द भएपछि सरकार अनुगमनमा, तत्कालै सिल गर्ने

मूल्य घट्दा पेट्रोल पम्पहरु धमाधम बन्द भएपछि सरकार अनुगमनमा, तत्कालै सिल गर्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल आयल निगमले गएरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका अधिकांश निजी पेट्रोल पम्पले बिक्री बन्द गरेका छन् ।

पम्पहरूले ‘पेट्रोल छैन’ भन्दै सूचना टाँसेर बिक्री रोकेपछि सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ। निगमले हिजोदेखि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो।

व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुनसक्ने आशंकाका बीच निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ । उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने बताइएको छ ।

Logo