पश्चिमका यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

पश्चिमका यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (असार १८) आकस्मिक बाढीको पूर्वानुमान छ । कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना रहेको भन्दै महाशाखाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

“आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

यस दिन तीन ठूला नदी अर्थात् कर्णाली, भेरी र पश्चिम सेतीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

Skip This
Skip This
Logo