प्रदेश नं. १ स्काउट तदर्थ समितिको दीक्षान्त समारोह

प्रदेश नं. १ स्काउट तदर्थ समितिको दीक्षान्त समारोह

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं. १ स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक शेरधन राई तथा सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट जीवन घिमिरेको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक मुख्य मन्त्री तथा प्रदेश प्रमुख स्काउट जीवन घिमिरेलाई स्काउटको दीक्षा प्रदान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संघीय ढाँचा अनुरूपको परिवर्तनलाई अब कसैले रोक्न नसक्ने बताउँदै प्रदेश नं. १ का सबै बालबालिका र युवाहरू सम्म स्काउटिंग अभियानलाई विस्तार गर्न प्रदेश स्काउट तदर्थ समितिलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल स्काउटले गत कार्तिक ०६ गते १३ सदस्यीय प्रदेश नं. १ स्काउट तदर्थ समितिको गठन गरेको थियो । यसका संयोजक युवा स्काउटर रवि खनाल रहेका छन् ।

Skip This
Skip This
Logo