काठमाडौं,१६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्षित गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। "/>

चुनावका लागि कडा पारिँदै सुरक्षा निकाय

चुनावका लागि कडा पारिँदै सुरक्षा निकाय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्षित गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको हो। दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदै छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय अनुसार चारवटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरिएको जानकारी दिए । निर्वाचन हुने जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीलाई परिचालन गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएको उनले बताए । पहिलो चरण निर्वाचनपछि केन्द्रीय सुरक्षा समितिको बैठक पहिलो पटक बसेको हो।

बैठकले पहिलो चरण निर्वाचन र त्यसपछि घटेका हिंसात्मक घटनाको समीक्षा गरेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनक्रममा कुनै पनि घटना हुन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले मुलुकका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा भइरहेका विस्फोटका घटनाको कारक पत्ता लगाएर त्यस्ता घटना रोक्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको गृहप्रवक्ता दुवाडीले जानकारी दिए।
अन्नपूर्णबाट

Logo