बुटवल,१६,मंशिर
बुटवलमा भएको नमुना मतदानमा समानुपातिकको प्रदेशसभामा निकै कम मत खसेको छ । वाम गठबन्धन रूपन्देहीले बुटवलमा गरेको नमुना मतदानमा करिब ६ सय मत खसेकोमा झन्डै दुई सय मत प्रतिनिधिसभामा मात्रै खसेको छ । रातो रंगको समानुपातिकमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाको मतदान गर्नुपर्छ । तर सहरमै बस्ने मतदाताले समेत एउटामा मात्रै मत खसालेका हुन् । प्रदेश समानुपातिकमा छाप नै लगाएका छैनन् । नमुना मतदानमा प्रायः कार्यकर्ताहरू नै बढी थिए । ‘प्रत्यक्ष भन्दा समानुपातिकमा धेरै मत बदर भएको छ, मतगणना गरेका यादव भण्डारीले भने, ‘समानुपातिकतर्फ प्रदेशसभामा छाप नै लगाइएको छैन ।
निर्वाचन आयोगले मतदाता शिक्षा दिनका लागि जिल्लामा पाँच सय ९८ जना मतदाता शिक्षा कार्यकर्ता खटाएको छ । मतदाता शिक्षाका नाममा जिल्लामा झन्डै ७९ लाख रुपैयाँ तलबमा मात्रै खर्च भएको छ । तर उनीहरू मतदाता माझ पुगेका छैनन् । ‘तीन वटा मतपत्र छन् भन्ने थाहा छ, कुनमा कति भोट हाल्ने थाहै छैन, मोतीपुरका रेशम बहादुर विकले भने, ‘खै कोही सिकाउन आएका छैनन् । उनको गाउँमा अहिले सम्म मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् । स्थानीय तहको निर्वाचनमा पनि मतदानस्थलमा पुगेपछि मात्रै मतदान गर्ने तरिका थाहा पाएको उनले बताए । जिल्ला निर्वाचन अधिकृत अयोध्या भण्डारीले निर्वाचन सामग्री ढिलो गरी आएकाले मतदाता शिक्षा कार्यक्रम ढिलो भएको बताए । उनले मतदाता शिक्षा नदिने कार्यकर्तालाई तलब घटाएर दिइने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया