क्रोएसियामाथि पोर्चुगलको सनसनीपूर्ण जित

क्रोएसियामाथि पोर्चुगलको सनसनीपूर्ण जित

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पोर्चुगलले विश्वकप २०२६ मा क्रोएसियामाथि २–१ को सनसनीपूर्ण पुनरागमन जित रच्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । खेले अतिरिक्त समयतर्फ अग्रसर भइरहेका बेला सब्टिच्युट गोन्सालो रामोसले हेडिङको मद्दतले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेका हुन् ।

राफेल लिओले निकालेको पासलाई रामोसले सुन्दर गोल गरे । खेलको अन्त्यतिर क्रोएसियका जोस्को ग्भारडिलले गोल गरे पनि त्यसले मान्यता पाएन र त्यसलाई अफसाइड मानियो । यससँगै खेलको नाटकीय अन्त्य भएको थियो ।

यो जितसँगै पोर्चुगल र क्रिस्टियानो रोनाल्डोको प्रतियोगितामा चुनौती कायम रहेको छ । रोनाल्डोलाई खेलको अन्त्यतिर सब्टिच्युट गरिएको थियो । हारपछि लुका मोडरिचले विश्वकपमा क्रोएसियाका लागि सम्भवत: अन्तिम खेल खेलेका छन् ।

क्रोएसियाले ५३ औं मिनेटमा इभान पेरिसिचको गोलले अग्रता लिएको थियो । जोसिप स्टानिसिचले बक्समा निकालेको क्रसलाई उनले पोस्टको दिशा दिएका हुन् । लगत्तै उनको प्रहारले पोस्ट चुमे पनि त्यो अफ साइड रह्यो । यस्तै रोनाल्डाको गरेको गोलले पनि अफसाइडकै कारण मान्यता पाएको थिएन ।

खेलको ६८ औं मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे । निकोला भ्लासिचले रेनाटो भिएगालाई आफ्नो बक्समा लडाएपछि पोर्चुगलले खेलमा फर्किने अवसर पाएको हो । त्यसमै पाएको पेनाल्टीलाई रोनाल्डोले सजिलै गोलमा परिणत गरेका हुन् ।

पोर्चुगलका लागि रोनाल्डोको यो कीर्तिमान १ सय ४६ औं गोल रह्यो । अब क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलले स्पेनको सामना गर्नेछ र यो प्रतियोगिताकै सबैभन्दा हेर्नलायक खेलमा रहनेछ ।

Skip This
Skip This
Logo