इजिप्टको विश्वास फरवार्ड ओमार मारमोसमा

इजिप्टको विश्वास फरवार्ड ओमार मारमोसमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ओमार मारमोस फरवार्ड र विंगर दुवै भूमिकामा खेल्न सक्छन्। उनले यस विश्वकपमा इजिप्टबाट पहिलो दुई खेलमा खेलेका थिए, तर गोल गर्न सकेनन्।

समूह चरणको तेस्रो खेलमा उनलाई विश्राम दिइएको थियो। अस्ट्रेलियाविरुद्ध अन्तिम ३२ को प्रतिस्पर्धामा उनी पुनः प्लेयिङ ११ मा फर्किने विश्वास लिइएको छ।

सन् २०२१ मा ‘डेब्यु’ गरेयता मारमोसले इजिप्टबाट ५२ खेलमा ११ गोल गरेका छन्। क्यानडियन पासपोर्ट पनि रहेका कारण उनले त्यहाँबाट पनि खेल्न सक्थे, तर कायरोमा जन्मिएका उनले इजिप्ट नै रोजे।

इजिप्टको टोली वाडी डेग्ला स्पोर्टिङबाट उनले २०१६–१७ मा उनले क्लब फुटबल सुरु गरेका थिए। त्यसपछि जर्मनीको उल्फसबर्ग, फ्र्यांकफर्ट हुँदै झन्डै ६ करोड पाउन्डमा २७ वर्षे उनी २०२५ को जनवरीमा उनी इंग्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर सिटी पुगेका थिए। सिटीबाट उनले ३७ खेलमा १० गोल गरिसकेका छन्।

Skip This
Skip This
Logo