विश्वकप खेल्न मियामी घर फर्कंदै मेसी

विश्वकप खेल्न मियामी घर फर्कंदै मेसी

केन्द्रबिन्दु
90
Shares

मियामी । धेरै कमैले मात्र कल्पना गरेको हुनुपर्छ, मियामीलाई आफ्नो नयाँ गन्तव्य बताएयता लियोनल मेसी विश्वकप उपाधि रक्षाका लागि अर्जेन्टिनाको नेतृत्व गरिरहेका हुनेछन्, अझ त्यो पनि छैटौं विश्वकप खेल्दै।

अन्तिम ३२ को चरणमा प्रतियोगिताको आश्चर्यजनक टिम रहेको केप भार्डेको सामना गर्न ३९ वर्षीय मेसी फ्लोरिडाको मियामी फर्कंदै छन्। यो त्यही ठाउँ हो, जसलाई उनी आफ्नो नयाँ घर मान्छन्।

समूह चरणमा मेसीले ६ गोल गरिसके। यसक्रममा उनी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। उनले १९ गोल गरिसकेका छन्। त्यति मात्र होइन, उनले विश्वकपका पछिल्ला ७ खेलमा लगातार गोल गरिरहेका छन्। कतारमा विश्वकप जित्ने सपना पूरा भएपछि जतिबेला उनले मेजर लिग सकरलाई आफ्नो नयाँ यात्रा बनाए। धेरैलाई लागेको थियो, मेसी एक प्रकारले संन्यासतर्फ अग्रसर छन्।

तर, मेसीले त्यस्ता सबै अनुमान गलत साबित गरेका छन्, त्यो पनि दुवै अर्थमा। पहिलो अर्थ के तथ्यमा भन्दा अमेरिकाको सकरमा उनको प्रभाव धेरै सकारात्मक रह्यो। दोस्रो, अन्तर्राष्ट्रिय फुटबलमा उनको प्रदर्शन आफैंमा पनि कम्तीको रहेन। सन् २०१८ मा मात्र हो, डेविड बेकह्याम र उनका साथीहरूले इन्टर मियामी स्थापना गरेको। मेसी आएयता यसले उपाधि जित्ने सुख पनि बटुलिसकेको छ।

मेसी मात्र के आए, एमएलएसका नयाँ फ्रेन्चाइज टिममा युरोपका खेलिरहेका अन्य स्टार पनि आकर्षित भए। अहिले मियामीमा बार्सिलोनाका दुई पूर्व खेलाडी सर्जियो बुस्केट र जोडी अल्बा पनि छन्।

इन्टरले लिग कपका रूपमा त्यो प्रतियोगिता जितेको छ। त्यसमा एमएसएल, क्यानडा र मेक्सिकोको क्लब खेल्ने गर्छन्। गत वर्ष त अझ राम्रो भयो, मेसी मियामीले क्लब इतिहासमै पहिलो पटक एमएलएसको उपाधि जित्यो।

विश्व फुटबलकै सर्वकालनीन महान खेलाडी मानिएका मेसीको अमेरिकामा मैदानभित्र र बाहिर दुवैतिर प्रभाव रहेको छ। मियामी नजिकको रेभो सकर एकेडेमीका प्रशिक्षक जुवान पुगिन भन्छन्, ‘मेसी के आए यहाँ त फुटबल लोकप्रियता मज्जाले बढेको छ। सबै जना इन्टरका समर्थक भएका छन्। हाम्रो एकेडेमीमै पनि राम्रो प्रभाव छ। धेरै भन्दा धेरै अहिले फुटबल सिक्न आइरहेका छन्।’

यो तथ्यले ब्युनस आयर्सबाट यता आएकी ६९ वर्षीया लिली डियाज खुसी छन्। उनी मियाजीको जर्सी लगाउन पनि मन पराउँछिन्। दशकअगाडि आफ्नो देश छाडेका डियाजले अचेल फुटबलको लोकप्रियताका कारण पुराना सम्झना ताजा भएको मान्छिन्। उनी भन्छिन्, ‘अर्जेन्टिनाकै लागि पनि मेसी जत्तिको खेलाडी हुनु ठूलो हो। यो त गर्वको विष्या हो। उनी धेरै युवाका लागि आदर्श छन्।’

ब्युनस आयर्सकै ६२ वर्षीय जोनी फोर्टेस आफ्नो देशको खेल हेर्न अमेरिका आएका छन्। उनको विश्वास छ, अर्जेन्टिना फाइनल पुग्नेछ। उनी भन्छन्, ‘म दिउँसो र राति फरक काम गर्छु। यसको एउटै उद्देश्य यो विश्वकप हेर्न अमेरिका आउनका लागि थियो। मैले धेरै बलिदान दिएको छु, तर त्यसको पूरापूर मूल्य पनि पाएको छु।’ मेसीले गर्दा अमेरिकामा फेरि एकपल्ट फुटबल पुनरुत्थान भएको मान्ने यिनीहरू जस्तै धेरै छन्।

Skip This
Skip This
Logo