काठमाडौं,१५, मंशिर
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे , नगरेको, सरकारले गरेका निर्णय सूचना लगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाह लगायत आधारमा ती वेबसाइटलाई मन्त्रालयले स्तरीकृत गर्नेछ । ‘यसले स्थानीय सरकार पिच्छे फरक ढाँचा हुनबाट बचाएको छ, उत्तरदायी र पारदर्शिता वृद्धि गर्नुको साथै सूचना प्रवाहमा हुने फरकपनालाई अन्त्य गर्नेछ,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने । स्तरीकृत पछि कुनै सूचना सहित स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने सेवा–सुविधा लगायतका विषय अद्यावधिक गर्न स्थानीय सरकार प्रोत्साहन हुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले स्थानीय सरकारको वेबसाइट र जिआइएस म्याप लगायत समेटेर मोबाइल एप्स पनि तयार गरेको छ । प्रयोगकर्तालाई एप्स प्रयोग गर्ने तरिका लगायतका जानकारी दिन प्रयोगकर्तापुस्तिका र भिडियो ट्युटोरियल समेत बनाइएको छ । सो पुस्तिका र ट्युटोरियल अहिले मन्त्रालयको वेबसाइटमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको सूचना तथा विद्युतीय शासन शाखा अधिकृत देवेन्द्रकुमार झाले बताए । मन्त्रालयले तयार गरेको वेबसाइटमा स्थानीय सरकारले अन्य जानकारी राख्न चाहेमा थप्न सकिने गरी व्यवस्था समेत गरेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया