काष्ठमण्डप हाटबजार सिजन -१ भव्य रूपमा सम्पन्न

काष्ठमण्डप हाटबजार सिजन -१ भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टको आयोजनामा ‘काष्ठमण्डप हाटबजार सिजन–१’ भव्य रूपमा सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा उद्यमशीलता, व्यवसायिक सीप तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन कलेजका सीईओ ऋषिराम कँडेल तथा प्रिन्सिपल पेशल लुइटेल थापाले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा ३१ वटा स्टल सञ्चालन गरिएका थिए भने १,५०० भन्दा बढी आगन्तुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई आरुश्री लाइफ साइन्सेस, बानेश्वर तथा पर्लिज डेन्टल क्लिनिक, कलंकीले सहयोग गरेका थिए।

हाटबजारका प्रमुख आकर्षणहरूमा निःशुल्क मेडिकल क्याम्प, फेस पेन्टिङ, फुड स्टल, गेम स्टल तथा फन स्टल रहेका थिए। यी गतिविधिहरूले सहभागीहरूलाई मनोरञ्जनका साथै स्वास्थ्य सेवा, सिर्जनशीलता र व्यवसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शन र बिक्री गर्दै ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया, बजार व्यवस्थापन, बिक्री रणनीति, वित्तीय व्यवस्थापन तथा टोलीगत कार्यशैलीबारे व्यवहारिक अनुभव हासिल गरेका थिए। यसले विद्यार्थीहरूको व्यवसायिक ज्ञान, नेतृत्व क्षमता, आत्मविश्वास तथा उद्यमशील सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रमको सफलतापूर्वक सम्पन्नतासँगै आगामी दिनमा अझ व्यापक र प्रभावकारी रूपमा काष्ठमण्डप हाटबजारका आगामी संस्करणहरू आयोजना गर्ने लक्ष्य रहेको काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टले जनाएको छ।

Logo