काठमाडौं,१५, मंशिर
सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा हिजो साँझ बसेको मन्त्रिपरिषद वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिका बीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विगतमा उक्त दिनमा बिदाको प्रचलन रहेको भए पनि मुलुकमा सम्पन्न भएको दोस्रो जनआन्दोलन पछिका दिनहरुमा सरकारले सो बिदा कटौती गरेको थियो । सो पार्टीले स्थापनाकाल देखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।
रासस































प्रतिक्रिया