बागलुङ,१५, मंशिर
जिल्लामा गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरूले फरक फरक टोली बनाएका छन् । मतपेटिका सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ आफ्ना ताला लगाएका दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्न कार्यतालिका बनाएका छन् । दलहरूले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए। दैनिक कुरुवा बस्ने क्रममा दलहरूले दिउसोको समयमा महिला र रातको समयमा पुरुष कार्यकर्तालाई खटाएका छन्।महिलाहरूले आफूहरूले पनि मतपेटिका कुर्न पाउनु पर्ने आवाज उठाएपछि दिउँसोको समयमा महिलाहरूलाई कुर्न लगाइएको हो। ‘ताला समेत लगाएको स्थानमा प्रहरी कर्मचारी सबैले कुरिरहेका छन्’, कांग्रेस सचिव पौडेलले भने, ‘विश्वासको संकटका कारण दलहरूका प्रतिनिधि राखेर मतपेटिका कुर्नु परेको हो।’ पौडेलले सबै दलहरूले प्रतिनिधि राखेपछि कांग्रेसले पनि बाध्य भएर मतपेटिका कुर्न प्रतिनिधि खटाउनु परेको बताए ।
उता वाम गठबन्धनले सत्ताको दुरुपयोग गरेर संस्थागत धाँधली गर्ने खतरा देखिएकाले मतपेटिका सुरक्षाका लागि ताला लगाएर कुरुवा राख्न बाध्य भएको दावी गरेको छ । गठबन्धनले बिहान बेलुकीका लागि पुरुष महिलाको छुट्टाछुट्टै सूची बनाएर सर्कुलर गरेको राष्ट्रिय जनमोर्चाका सदस्य थानेश्वर सुवेदीले बताए।
अन्नपूर्णबाट





























प्रतिक्रिया