काठमाडौं । नेपाल खाद्य किराना व्यवसायी संघको वार्षिक समारोह तथा अधिवेशनले देवेन्द्र भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
“सम्पूर्ण व्यवसायीको एकता, देशभर खाद्यको आवश्यकता” भन्ने मूल नाराका साथ शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनले व्यवसायीहरूको हकहित संरक्षण, खाद्य आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने तथा व्यवसायीबीचको एकतालाई सुदृढ गर्ने प्रतिबद्धता समेत जनाएको छ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष: देवेन्द्र भक्त श्रेष्ठ
उपाध्यक्ष: टंक प्रसाद शेरचन
महासचिव: ओम प्रकाश बंसल
सचिव: दीपक कुमार फैजू
कोषाध्यक्ष: नरेश कुमार गोयल
सह-कोषाध्यक्ष: मनोज कुमार गुप्ता
सदस्यहरू:
पवन कुमार अग्रवाल, राजेश कुमार हरिलालका, पवन कुमार कलवार, रवि कुमार गुप्ता, गौरव सिंघानिया ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले खाद्य तथा किराना व्यवसायीका साझा समस्या समाधान गर्न, व्यवसायमैत्री वातावरण निर्माण गर्न र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न संघ सधैं सक्रिय रहने बताए । उनले देशभरका व्यवसायीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यावसायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।






























