एमबापेको निर्णायक गोलमा फ्रान्स अन्तिम आठमा

एमबापेको निर्णायक गोलमा फ्रान्स अन्तिम आठमा

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । केलियन एमबापेले पेनाल्टीबाट निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकप २०२६ मा आइतबार पाराग्वेमाथि १–० को जित दर्ता गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा पाराग्वेले तेर्साएको बलियो चुनौतीसामु एमबापले खेलको ७० औ मिनेटमा गोल गरेका हुन् ।

पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि ‘भार’ को मद्दतले पेनाल्टीको निर्णय दिइएको थियो र यसैक्रममा एमबापले विश्वकपमा आफ्नो १९ औं गोल गरे । दोस्रो हाफको अन्त्यतिर एमबापे थप गोल गर्न चुके । उनले गरेका दुई प्रहारलाई पाराग्वेली गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गरेका थिए ।

फ्रान्स विश्वकपको क्वाटरफाइनल पुगेको यो लगातार चौथो पल्ट हो । हारपछि दक्षिण अमेरिकी टिम अब घर फर्किनेछ । अब फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । यसअघि मोरक्कोले क्यानाडालाई हराएको थियो ।

Logo