बागलुङ,१४,मंशिर
केहि दिन पहिले मालढुङबाट बागलुङ बजार आइरहेको ट्रक ट्राफिकचोक बागलुङमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच ग¥यो । ट्रक चालक रामहरी बर्तौलाले ट्रकको विलबुक र सवारी चालक अनुमती पत्र ट्राफिक प्रहरीलाई देखाए । उनले देखाएको सवारी चालन अनुमती पत्र चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई शंका लाग्यो र प्रहरीले यातायात व्यवस्था कार्यालय धवलागिरी बागलुङमा लग्यो, रेकर्ड हेर्न थाल्यो । प्रहरीलाई लागेको शंका क्षणभरमै सत्य सावित भयो ।
मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–८ का २९ वर्षीय रामहरीले प्रहरीलाई देखाएको सवारी चलाक अनुमती पत्र किर्ते गरी बनाईएको रहेछ । रामहरीले केहि वर्ष पहिले दलालको माध्यमबाट करिब ८० हजार रुपैयाँ भन्दा बढी पैसा तिरेर त्यो सवारी चालक अनुमती पत्र बनाएका रहेछन् । त्यस्तै केहि दिन पहिले ट्राफिकचोक बाट नै ट्राफिक प्रहरीले अर्का ट्रक चालक अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–११ का २२ वर्षीय सिद्दान्त परीयारलाई पनि किर्ते गरी बनाएको सवारी चालक अनुमती पत्र देखाएर सवारी चलाउँदैं गर्दा प्रकाउ गरेको छ । यातायात व्यवस्था कार्यालयले सवारी चलाक अनुमती पत्रलाई अनलाईनमा राखेपछि किर्ते गरी सवारी चालक अनुमती पत्र बनाएर सवारी चलाउँदैं आएका चालकहरु धमाधम प्रकाउ पर्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सवारी सधान अनुमती पत्र लिएर सवारी चलाएकाहरुलाई प्रकाउ गरी सवारी चालक अनुमति पत्र किर्तेमा मुद्धा चलाएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया