काठमाडौं,१४,मंशिर
पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ । "/>

३२ जिल्लाका सबै मतपेटिका सदरमुकाम ल्याइए

३२ जिल्लाका सबै मतपेटिका सदरमुकाम ल्याइए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१४,मंशिर
पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ । निर्वाचन आयोग स्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलका सबै मतपेटिकाहरू बुधबार बिहान ११ः१५ मा सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको छ । डोल्पाका से–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदान स्थलका मतपेटिकाहरु हिजो हेलिकोप्टरबाट सदरमुकाम ल्याइएका हुन् । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Logo