टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, ३ जनालाई कैद

टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतलाई सफाइ, ३ जनालाई कैद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो । बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले पनि सफाइ पाएका छन् ।

यता तत्कालीन अध्यक्ष दिगम्बर झालाई एक वर्ष, तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती ६/६ महिनाको कैद सजाय तोकिएको छ।

Logo