रसुवा,१३, मंशिर

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षार्थ रसुवामा सिसिटिभी जडान गरिएको छ। "/>

रसुवामा मतपेटिका सुरक्षार्थ निर्वाचन कार्यालयमा सिसिटिभी जडान

रसुवामा मतपेटिका सुरक्षार्थ निर्वाचन कार्यालयमा सिसिटिभी जडान

केन्द्रबिन्दु
0
Shares

रसुवा,१३, मंशिर

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षार्थ रसुवामा सिसिटिभी जडान गरिएको छ। मतपेटिकाको उच्च सुरक्षाको लागि निर्वाचन कार्यालयमा मंगलबार ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । आयोगको सहमतिमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सिसिटिभी जडान गरेका हुन्। कार्यालय प्रवेश गर्ने दुई वटै स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । ‘मतपेटिका राखिएको स्थानमा रेड जोन बनाएर अनावश्यक व्यक्तिलाई प्रवेश निषेध गरिएको छ’, उनले भने। सोमबार बिहान सम्म मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शिलबन्दी गरेर राखिएपछि चारै तिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo