प्रधानमन्त्री बालेनसँग एडीबीका अध्यक्ष कान्डाको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री बालेनसँग एडीबीका अध्यक्ष कान्डाको शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको उक्त भेटघाटमा नेपालको दिगो विकास, पूर्वाधार निर्माण तथा आर्थिक रूपान्तरणका बहुआयामिक विषयहरूमा केन्द्रित भई छलफल भएको बताइएकाे छ ।

शाहले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गरेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ ।

Logo