जुम्ला,१३, मंशिर

जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिए लगत्तै मतपेटिका सुरक्षामा कडाई गरिएको छ। "/>

ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु

ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु

केन्द्रबिन्दु
0
Shares

जुम्ला,१३, मंशिर

जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिए लगत्तै मतपेटिका सुरक्षामा कडाई गरिएको छ। भित्री घेरामा म्यादी र जनपद प्रहरी परिचालन गरिएकोमा दोश्रो घेरामा शसस्त्र प्रहरी खटाइएको छ। बाहिरी घेरा नेपाली सेनाको छ। मतदाताको अमुल्य मतको सुरक्षाका लागि जिल्ला सुरक्षा समिती चनाखो बनेको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर थापाले जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा थन्काइएको मतपेटिको सुरक्षा व्यवस्था कडा पारीएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको संयोजकत्वमा बसेको सुरक्षा समितीको वैठकले मतपेटिकाको आवश्यक सुरक्षा प्रवन्ध मिलाउने भन्ने निर्णय गरेको छ । सेना भित्र पस्दैन, तर वाहिरी घेरा निकै कडा बनाउने रणनीती बनाइएको छ । यता दलका उम्मेदवारले भने ढोकामै सुताएर भएपनि मतपेटिकाको रेखदेख गर्न कार्यकर्ता खटाएका छन् । उनीहरुले पालै पालो रातभर जाग्राम बस्ने गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo