त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर

केन्द्रबिन्दु
288
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

शरीरको करिब ६० प्रतिशत भाग जलेका उनी हाल सामान्य बोल्न सक्ने अवस्थामा भए पनि स्वास्थ्य संकटपूर्ण नै रहेकाे वीर अस्पतालले जनाएकाे छ । उनको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टामा गम्भीर जलन भएको छ।

उनको आईसीयूमा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।

नेपाली पठाओ राइडर हुन् । प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएको विषयमा विवाद हुँदा उनले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

Logo