महोत्तरी, ११, मंसिर

कर्तव्य ज्यान मुद्दामा १२ वर्ष देखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । "/>

कर्तव्य ज्यान मुद्दामा १२ वर्ष देखि फरार अभियुक्त जेल चलान

कर्तव्य ज्यान मुद्दामा १२ वर्ष देखि फरार अभियुक्त जेल चलान

केन्द्रबिन्दु
0
Shares

महोत्तरी, ११, मंसिर

कर्तव्य ज्यान मुद्दामा १२ वर्ष देखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । वि.सं. ०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजायँ तोकेकोमा उनी फरार रहँदै आएको थिए । बाह्र वर्ष देखि भारतमा गई लुकेर बस्दै आएका सदा घर आएको खबर पाउना साथ आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कडायतले जानकारी दिए । आइतबार पक्राउ गरिएका सदालाई सोही दिन प्रहरीले महोत्तरी जिल्ला अदालतमा पेश गर्दा अदालतले उनलाई कैद भुक्तानका लागि आइतबार साँझ जलेश्वर कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo