गणेश नेपालीको निधनलगत्तै महानगर प्रहरीलाई झिकाइयो सोधपुछमा

गणेश नेपालीको निधनलगत्तै महानगर प्रहरीलाई झिकाइयो सोधपुछमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

गम्भीर अवस्थामा उद्धार गरिएका नेपालीको वीर अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको हाे ।

घटनापछि यससँग सम्बन्धित परिस्थितिबारे प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। आत्मदाहको प्रयास हुनुअघि राहदानी विभाग अगाडिको पार्किङ क्षेत्रमा भएको घटनाक्रमबारे स्पष्ट जानकारी लिन काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच जना नगर प्रहरीलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बोलाएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानको मुख्य केन्द्र नेपालीको मोटरसाइकलमा ह्वील लक लगाइनुअघि र त्यसपछि भएको घटनाक्रम हो।

Logo