अर्जेन्टिनाको लागि सधै मेसीबाट राम्रो प्रदर्शनको साथ

अर्जेन्टिनाको लागि सधै मेसीबाट राम्रो प्रदर्शनको साथ

केन्द्रबिन्दु
0
Shares

कान्सास सिटी । लियोनल मेसीले अहिलेसम्म प्रत्येक खेलमा गोल गरेका छन्। नकआउट चरणका दुई तनावपूर्ण खेलपछि ३९ वर्षीय खेलाडी मेसीबाट राम्रो प्रदर्शन आस कहिलेसम्म गर्ने त? विश्वकप २०२६ मा अर्जेन्टिनाले शनिबार क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दै छ। लियोनल स्कोलानीको टिमले समूह चरण सजिलै काटे पनि केप भार्डे र इजिप्टविरुद्ध कठिन चुनौती सामना गरेको थियो।

अन्तिम ३२ को चरणमा विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेलाई ३–२ ले हराउन अतिरिक्त समय कुर्नुपरेको थियो। मोहम्मद सलाहको इजिप्टविरुद्ध त्यस्तै समान स्कोरमा जित निकाल्न खेलको अन्त्यसम्म पर्खिनुपरेको थियो। डिफेन्डिङ च्याम्पियनका रूपमा अर्जेन्टिनाले जितेका सबै ५ खेलमा मेसीको उत्कृष्ट प्रदर्शन र टिमको गजब एकता नै प्रमुख रहेको छ।

इजिप्टविरुद्ध सुरुमै पेनाल्टीमा चुके पनि मेसीले एक उत्कृष्ट गोल गरेर अर्जेन्टिना दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर जित निकाल्न सफल भए। एटलान्टामा भएको खेल समाप्त हुँदा मेसी भावनात्मक पनि देखिए। त्यसले भनिरहेको थियो, यी खेलाडी आफ्नो विश्वकप यात्रा जारी राख्न इच्छुक छन्। त्यसपछि इन्टर मियामी फरवार्डले भनेका थिए, ‘यो खुसी र राहत दुवैको अवसर थियो।’

उनले थपे, ‘हामी प्रतियोगितामा कायम रहन चाहन्छौं। हामी प्रतियोगितामा आफ्नो चुनौती सकिएको हेर्न चाहन्नौं। अझभन्दा हामी अहिले नै घर जान चाहन्नौं।’ केप भार्डेविरुद्ध १ सय २० मिनेटको खेलपछि मेसीले आफू थाकेको प्रतिक्रिया पनि दिएका थिए। तर उनी इजिप्टविरुद्ध जोसमा पूरा खेल अवधिमा मैदानमै रहे। अबको क्वाटरफाइनल त्यही मैदानमा हुँदै छ, जहाँ उनले पहिलो खेलमै ह्याट्रिक गरेका थिए।

मेसीले अहिलेसम्म ८ गोल गरिरहेका छन्। उनी गोल्डेन बुट अवार्डमा फ्रान्सेली केलियन एमबाप्पेको बराबरीमा छन्। अहिले नै उनी विश्वकपमा सर्वाधिक २१ गोल गर्ने खेलाडी छन्। उनको व्यक्तिगत खेलबाहेक अर्जेन्टिनाको सबैभन्दा सबल अस्त्र भनेकै टिमभित्र रहेको बलियो भाइचारा हो। टिम अहिले विश्वकपमा ११ खेलको अपराजित यात्रामा छ।

सन् १९६२ यता लगातार दोस्रोपल्ट विश्वकप जित्ने अभियानमा छ। यस्तो उपलब्धि चुम्ने ब्राजिल अन्तिम टिम रहेको थियो। प्रशिक्षक स्कोलानी भन्छन्, ‘अबको यात्रा के हुनेछ थाहा छैन तर यो टिमले के देखाएको छ भने जस्तो प्रतिकूल स्थितिमा पनि यसले आफूमाथिको विश्वास गुमाउने छैन।’

लियही भनाइलाई सुहाउने गरेर मिडफिल्डर एन्जो फर्नान्डेजले भनेका छन्, ‘जस्तै गाह्रो परिस्थितिमा पनि हरेस नखाने टिम हौं, हामी।’यति भन्दाभन्दै पनि अर्जेन्टिनाले स्विट्जरल्यान्डका रूपमा सामना गर्ने चुनौती फरक रहनेछ। स्विस उत्तिकै बलियो टोली रहनेछ। स्विट्जरल्यान्ड प्रभावशाली कप्तान ग्रानिट जाकाको नेतृत्वमा खेलिरहेको छ। उसलाई पनि के थाहा छ भने एक जितको अर्थ पहिलो पटक सेमिफाइनल प्रवेशको ऐतिहासिक अवसर छ। मुरात याकिनको टिमले अन्तिम ३२ को चरणमा अल्जेरियालाई २–० ले हराएको थियो।

त्यसपछि कोलम्बियाको चुनौती टाइब्रेकरमा समाप्त पारेको थियो। समूह चरणमा आक्रामक मिडफिल्डर योहान मान्जम्बी उत्कृष्ट लयमा थिए। उनले ३ गोल पनि गरेका छन्। चोटका कारण उनले कोलम्बियाविरुद्धको खेल गुमाएका थिए र सम्भवतः अर्जेन्टिनाविरुद्ध पनि खेल्न सक्ने छैनन्। कप्तान जाका यसैलाई समस्या मान्दैनन् र आफ्नो टिममा युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण भएको मान्छन्।

उनी भन्छन्, ‘अहिले हामीसँग जुन टिम छ, त्यसलाई विशेषभन्दा हुन्छ। अहिले यो टिम पुस्ता हस्तान्तरणको क्रममा पनि छ। सबैभन्दा ठूलो हामी अर्जेन्टिनाविरुद्धको खेलका लागि मानसिक रूपमा सबल रहनुपर्छ। हामी सानो देश हौं र हामी यो स्तरको फुटबलमा जस्तै नतिजा निकाल्न पनि सक्षम छौं। हाम्रा सबै खेलाडी आफ्नो देशका लागि गर्विलो प्रदर्शन गर्न तयार छन्।’

Logo