काठमाडौं उपत्यकासहित ३३ जिल्लामा आज बाढीको उच्च जोखिम

काठमाडौं उपत्यकासहित ३३ जिल्लामा आज बाढीको उच्च जोखिम

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

नुवाकोट, ताप्लेजुंग, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम छ ।

बारा, पर्सा, रौतहट, कपिलबस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।

“काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ,” विभागले भनेको छ । आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको पूर्वानुमान गरिएको हो ।

दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Logo