दक्षिणी फिलिपिन्समा आएको ‘बावी’ आँधीले कम्तीमा १५ जनाको मृत्यु

दक्षिणी फिलिपिन्समा आएको ‘बावी’ आँधीले कम्तीमा १५ जनाको मृत्यु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । दक्षिणी फिलिपिन्समा दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको ‘बावी’ का कारण आएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

शक्तिशाली आँधीको प्रभावलाई मध्यनजर गर्दै ताइवान, जापान र चीनसहित पूर्वी एसियाका विभिन्न देशले उच्च सतर्कता अपनाएका छन् ।झण्डै एक हजार किलोमिटर क्षेत्रफलमा फैलिएको ‘बावी’ प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको छ । यसको आकार फ्रान्स बराबर रहेको बताइएको छ ।

मौसम विभागका अनुसार आँधीका कारण ताइवानको उत्तरी र पूर्वी क्षेत्र तथा जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना छ । शनिबार यो आँधी दक्षिण–पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ ।

आँधीको जोखिमलाई ध्यानमा राख्दै धेरै उडान रद्द गरिएका छन् भने विद्यालयका कक्षा स्थगित गरिएको छ । सम्भावित विपद्को तयारीस्वरूप नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू ठूलो परिमाणमा खरिद गर्न थालेपछि धेरै सुपरमार्केटका शेल्फहरू खाली भएका छन् ।

उता, फिलिपिन्सको मिन्डानाओ द्वीपमा लगातारको भारी वर्षापछि आएको पहिरोले धेरै परिवारलाई प्रभावित बनाएको छ । उद्धार टोली अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीमा जुटिरहेको छ ।

Logo