सुनसान असन बजार [तस्विरहरू]

सुनसान असन बजार [तस्विरहरू]

केन्द्रबिन्दु
0
Shares

कुनै समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने मानिसको भीडले भरिने असन बजार पछिल्लो समय सुनसान देखिन थालेको छ । पर्यटकको आगमन र ग्राहकको चहलपहल घटेपछि ऐतिहासिक व्यापारिक केन्द्र असनको पुरानो रौनकमा कमी आएको छ ।

साँघुरा गल्ली, परम्परागत पसल र स्थानीय व्यापारका लागि परिचित असनमा पहिले दैनिक हजारौँ मानिसको आवतजावत हुने गर्थ्यो । तर पछिल्ला दिनहरूमा पर्यटकको संख्या घट्नु, अनलाइन किनमेलको बढ्दो प्रभाव, बदलिँदो उपभोक्ता बानी र सहरका अन्य व्यापारिक केन्द्रको विस्तारले असनको व्यापारमा असर गरेकाे छ।

Logo