फिफा विश्वकप २०२६ : स्विस टिमको सामना गर्दै अर्जेन्टिना

फिफा विश्वकप २०२६ : स्विस टिमको सामना गर्दै अर्जेन्टिना

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेलमा स्विटजरल्यान्डको सामना गर्न आइतबार मैदानमा ओर्लिंदैछ । यसको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने निश्चित भइसकेको छ । इंग्ल्यान्डले यसअघि आइतबार नै भएको खेलमा नर्वेलाई २–१ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

कानसास सिटीमा हुने खेलमा अर्जेन्टिना ४–१–३–२ को शैलीमा मैदानमा उत्रिँदैछ र टिमको आत्रमणको जिम्मा कप्तान लियोनल मेसी र जुलियन अल्भारेजको काँधमा हुनेछ । स्विस टिम भने ४–२–३–१ को शैलीमा खेल्दैछ ।

उसका लागि ब्रेल इम्बोलो एक मात्र स्ट्राइकर रहने छन् । अर्जेन्टिनाले यसअघिको खेलमा इजिप्टलाई ३–२ ले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने कोलम्बियालाई टाइब्रेकरमा हराएको थियो ।

यी दुई टिमबीच अहिलेसम्म सात खेल भएका छन् र यसमा अर्जेन्टिनाको प्रभुत्व रहेको छ । त्यसमध्ये अर्जेन्टिना पाँच खेलमा विजयी रहेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन् ।

Logo