काठमाडौं , ९ मंसिर

हिमाली तथा उच्च पहाडी जिल्लामा चुनावको मौन अवधि चलिरहँदा त्रिपुरेश्वर स्थित वंशीघाट सुकुम्बासी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ। "/>

काठमाडौं १ को सुकुम्बासी बस्तीमा भोट माग्नेहरुको धुइरो

काठमाडौं १ को सुकुम्बासी बस्तीमा भोट माग्नेहरुको धुइरो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ९ मंसिर

हिमाली तथा उच्च पहाडी जिल्लामा चुनावको मौन अवधि चलिरहँदा त्रिपुरेश्वर स्थित वंशीघाट सुकुम्बासी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ। यतिबेला बस्तीका प्रत्येकजसो मतदाताको मोबाइलमा उम्मेदवारका एसएमएस र फोन आइरहेका छन्। प्रत्याशीका फोन उठाउन स्थानीयलाई भ्याइ नभ्याइ छ। बस्तीकी ललिता तामाङ भन्छिन्, ‘हाम्रो नम्बर उनीहरूले कसरी पाए, थाहा छैन। तर एसएमएस र फोन निरन्तर आइरहेको छ।’ बस्तीमा २ सय घर धुरी छन् । करिब ११ सय मतदाता रहेको तामाङ बताउँछिन् । अरू बेला कहिल्यै नआउने नेता चुनावको पूर्वसन्ध्यामा हात जोड्दै, माइकमा गीत बजाउँदै बस्तीमा घुमिरहेका छन् । यति मात्रै होइन, फोन र एसएमएस पठाइ रहेका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि कांग्रेस नेता प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र लगायत २२ जना चुनावी मैदानमा छन् । ती मध्ये सिंह, मिश्र र शर्मा बीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ।

बस्तीमा ११ सय मतदाता छन् । जसलाई भोट बैंककै रूपमा विगत देखि नै लिने गरेको स्थानीयको गुनासो छ। बस्तीको मतलाई एकलौटी पार्न सके मात्रै पनि जितका लागि निर्णायक हुन सक्ने बताइन्छ। उनीहरूको कुनै पनि उम्मेदवारसँग सीधा सम्पर्क छैन । आफूले चिन्ने तर कहिल्यै नचिन्ने नेताहरूले आफ्नो नामै बोलाएर फोन गर्दा उनीहरू चकित छन्। ‘सचिवालयबाटै फोन आउँछ । सीधै के चाहियो भन्छन्’, ललिता सुनाउँछिन्। उम्मदेवारको विगत देखि कै एउटै एजेन्डा छ । सफा र हरियाली महानगर, प्रदुषणरहित सडक र नदी । तर बस्तीका मतदाताको भने फरक माग छ। उनीहरू बस्तीको स्थायित्व चाहन्छन् । सुकुम्बासी बस्तीमा कहिल्यै डोजर नचलाउने भरपर्दो प्रतिबद्धता चाहान्छन् उनीहरू। बागमती किनारमा अस्थायी टहरा बनाएर दशकौं देखि बस्दै आएका उनीहरू नदी किनारमा इनार खनेर प्रदूषित पानी पिउन बाध्य छन्। चुनावी प्रचारमा आउने प्रत्येक उम्मेदवारलाई उनीहरू समस्या सुनाउँछन्। सम्बोधन गर्ने आश्वासन दिन्छन्। तर जिते पछि फर्केर जाँदैनन्।
अन्नपूर्णबाट

Logo