काठमाडौं ,९,मंशिर
तीन महिना अघि महानगरीय अपराध महाशाखाले बरामद गरेको ८८ केजी सुन तस्करी प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी धरौटीमा छुटेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले छुटेका विरुद्ध पुनरावेदन गरेको छ । सरकारी वकिल कार्यालयले ५ जना आरोपी विरुद्ध पुनरावेदन गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै रिट फाइल आएको उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता माधव ढुंगेलले जानकारी दिए ।
अदालतको आदेश र अध्ययन गरेको फाइल मगाइएको र अध्ययन प्रश्चात् उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरिने ढुंगेलले बताए । अदालतको आदेश चित्त नबुझेपछि चिनियाँ सुन तस्करीका मुख्य सहयोगी नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष तथा रसुवा गुल्जुङ निवासी मानबहादुर तामाङ, सुन व्यापारी बांगेमुढामा शाक्य सुनचाँदी पसल सञ्चालक शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स सञ्चालक सत्यनारायण अग्रवाल र रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडू विरुद्ध पुनरावेदन गर्न लागिएको हो । ४६ करोड ७० लाख १६ हजार बिगो दाबी भएको मुद्दामा २ जनालाई ४/४ लाख तथा अन्य दुई जनालाई २/२ लाख रुपैयाँ मात्र धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया