उपप्रधानमन्त्री थापासँग स्पष्टीकरण माग

उपप्रधानमन्त्री थापासँग स्पष्टीकरण माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ८ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मौनअवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको जनाउँदै उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले यही मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मौनअवधि शुरु भएपछि राप्रपाका अध्यक्ष थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको थाहा पाएपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राप्रपालाई समेत दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
नेता थापालाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ँप्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ बजेदेखि मौनअवधि शुरु भइसकेको अवस्थामा तपार्इँबाट सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ ।”

 

निर्वाचन आयोगले ध्यान आकर्षित गराएको हुंदा आज बिहान मैले गरेको चुनाव केन्द्रित ट्विटहरु डिलिट गरेको छु। निर्वाचन आचारसंहिताको पालनामा म पुर्ण प्रतिबद्ध छु।

— Kamal Thapa (@KTnepal) November 24, 2017 “>

Logo