फिफा विश्वकपको आगामी संस्करणमा ६४ टोली सहभागी हुँदैछन् ?

फिफा विश्वकपको आगामी संस्करणमा ६४ टोली सहभागी हुँदैछन् ?

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुष विश्वकप फुटबल प्रतियोगितामा सहभागी टोलीको संख्या बढाएर ६४ पुर्‍याउने विषयमा पनि छलफल सुरु गर्ने भएको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपटपछि यसबारे आधिकारिक कमिटीहरूमा औपचारिक बहस हुने पुष्टि गरेका छन्। अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको इतिहासकै पहिलो ४८ टोली सम्मिलित विश्वकपको उत्साहका बीच यो नयाँ प्रस्ताव बाहिर आएको हो। यदि यो प्रस्ताव स्वीकृत भएमा यसले विश्व फुटबलको परिदृश्यलाई नै बदलिदिनेछ।

फिफाले विश्वकपको ढोका ६४ टोलीका लागि खोल्न चाहनुको मुख्य कारण साना र उदाउँदा राष्ट्रहरूलाई पनि विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर दिनु हो। अध्यक्ष इन्फान्टिनोका अनुसार विश्वकपको आयोजना सिङ्गो विश्वका लागि गरिनुपर्छ, जसमा युरोप र दक्षिण अमेरिका मात्र नभई हरेक कुनाका देशहरूले सहभागी हुने सपना देख्न पाउनुपर्छ। साना राष्ट्रहरूलाई विश्वकप खेल्ने अवसर नदिँदा उनीहरूमा फुटबलको स्तर सुधार्ने उत्साह नै मर्दै जाने तर्क फिफाको छ। विश्वभर नै फुटबलको गुणस्तर दिनानुदिन बढ्दै गइरहेकाले धेरै टोलीहरूलाई समेट्दा खेलको विकासमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।

यो अवधारणाको सुरुवात सन् २०२५ को मार्चमा दक्षिण अमेरिकी फुटबल महासंघले गरेको थियो। उनीहरूले विश्वकपको १०० वर्ष पुग्ने अवसरमा सन् २०३० को शताब्दी विश्वकपलाई ६४ टोलीको बनाउन प्रस्ताव गरेका थिए। फिफाले अहिले नै यसलाई स्वीकृत गरिनसकेको भए तापनि २०२६ को संस्करण सकिएलगत्तै यसबारे औपचारिक निर्णय प्रक्रिया अघि बढ्नेछ।

यसअघि सन् १९९८ देखि २०२२ सम्म ३२ टोली खेल्दा जम्मा ६४ खेल हुन्थे भने हाल ४८ टोली हुँदा खेलको संख्या बढेर १०४ पुगेको छ। अब यदि ६४ टोलीको ढाँचा स्वीकृत भएमा खेलको संख्या दोब्बर भएर १२८ पुग्नेछ। यो प्रस्ताव पारित भएमा सन् २०३० को विश्वकपदेखि नै यो नयाँ नियम लागू हुन सक्ने सम्भावना छ।

Logo