‘क्युएए सर्टिफाइड’ एनसीसीएस: गुणस्तरीय शिक्षा र सुनिश्चित भविष्य

‘क्युएए सर्टिफाइड’ एनसीसीएस: गुणस्तरीय शिक्षा र सुनिश्चित भविष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि र व्यवस्थापन शिक्षामा नेतृत्वदायी भूमिका खेल्दै आएको ‘क्युएए सर्टिफाइड’ प्रतिष्ठित शैक्षिक संस्था हो, नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस), पकनाजोल ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले उच्च शिक्षा केवल डिग्री प्राप्त गर्ने माध्यम मात्र नभई व्यक्तित्व, नेतृत्व र व्यावसायिक दक्षता विकासको आधार हो भन्ने मान्यतासहित शिक्षण–अध्यापन सञ्चालन गर्दै आएको छ।

चार वर्षे ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट (बीआईटीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), बीएस्सी सीएसआईटी, ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) जस्ता चर्चित शैक्षिक कार्यक्रममार्फत एनसीसीएसले विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौतीसँग सामना गर्न सक्षम, सिर्जनशील र परिणाममुखी जनशक्तिका रूपमा तयार पार्दै आएको छ।

अनुभवी प्राध्यापक तथा नवप्रवर्तनप्रति प्रतिबद्धताका कारण एनसीसीएस आज केवल एउटा कलेज मात्र नभई भविष्य निर्माण गर्ने शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएकोमा द्विमत छैन ।

‘उद्देश्यसहितको शिक्षित समाज, प्रगतिशील विचार र उज्यालो भविष्य’ निर्माण गर्ने दूरदृष्टिसहित अघि बढेको एनसीसीएसले शैक्षिक उपलब्धिलाई मात्र नभई अनुसन्धान, नवप्रवर्तन, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मूल्यमा आधारित शिक्षालाई पनि संस्थागत संस्कृतिको अभिन्न अंग बनाएको छ। विद्यार्थीलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्न करिअर काउन्सिलिङ, नेतृत्व प्रशिक्षण, सामाजिक सहभागिता तथा विभिन्न सह–शैक्षिक गतिविधिलाई समान महत्व दिइएको छ।

काठमाडौंको पकनाजोलमा करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै परिसरमा सञ्चालित एनसीसीएस कलेज अत्याधुनिक शैक्षिक पूर्वाधारले पनि सुसज्जित छ। नवीनतम प्रविधियुक्त कम्प्युटर प्रयोगशाला, होटल व्यवस्थापनसम्बन्धी विशेष प्रयोगशाला, डिजिटल तथा परम्परागत पुस्तकालय, अडियो–भिजुअल सुविधा, खेलकुद पूर्वाधार, छात्रावास तथा अनलाइन सिकाइ प्रणालीले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ वातावरण प्रदान गर्दै आएको छ।

एनसीसीएसले विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौतीसँग सामना गर्न सक्षम, सिर्जनशील र परिणाममुखी जनशक्तिका रूपमा तयार पार्दै आएको छ।

‘अल–राउन्डर’ क्षमताका विद्यार्थी उत्पादन गर्ने अवधारणामा विश्वास गर्ने एनसीसीएसले वादविवाद, सार्वजनिक वक्तृत्व, समूह छलफल, सेमिनार तथा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको व्यक्तित्व विकासलाई विशेष महत्व दिएको छ। यही कारण, एनसीसीएसका स्नातकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल व्यवसायी, प्रविधिविज्ञ, व्यवस्थापक र उद्यमीका रूपमा स्थापित भइरहेका छन्।

यसैगरी एनसीसीएसकाे अर्काे महत्वपूर्ण विशेषता विश्वभर फैलिएका पूर्वविद्यार्थीहरुकाे सञ्जाल हाे, जुन वर्तमान विद्यार्थीहरूका लागि इन्टर्नसिप र रोजगारीको बलियो माध्यम बनेकाे छ । दुई दशकभन्दा लामो अनुभव, आधुनिक पूर्वाधार, अनुभवी प्राध्यापक तथा नवप्रवर्तनप्रति प्रतिबद्धताका कारण एनसीसीएस आज केवल एउटा कलेज मात्र नभई भविष्य निर्माण गर्ने शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएकोमा द्विमत छैन ।

Logo