उकालो लाग्दै मूल्यवृद्धि, औसत ५.२२ प्रतिशत मुल्य बढ्यो

उकालो लाग्दै मूल्यवृद्धि, औसत ५.२२ प्रतिशत मुल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धिदर पछिल्ला महिनाहरूमा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म औसत मूल्यवृद्धि ५.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको जेठको तुलनामा यसवर्षको सोही अवधिमा मूल्यवृद्धि २.५ प्रतिशतले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धिदर २.७२ प्रतिशत थियो ।

गत जेठमामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.९५ प्रतिशत र भने गैरखाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ । जेठ २०८२ मा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ०.५४ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा औसत मूल्यवृद्धिदर २.८९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा औसत मूल्यवृद्धिदर ४.२४ प्रतिशत रहेको थियो । ‘जेठ २०८३ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७.४०, घ्यू तथा तेलको १५.१०, माछा तथा मासुको ५.२६ र तरकारीको ४.१४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तर दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.९३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, यातायातको १५.३१, मदिराजन्य पेय पदार्थको ७.२०, शिक्षाको ५.५४ र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतले बढेको छ ।

Logo