काठमाडौं ,८, मंशिर
नेपाल प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ सय ७६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विरोधी गतिविधि तथा विस्फोट र आगजनीमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता मनोज न्यौपानेले पक्राउ परेका व्यक्तिहरु निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेकोले नियन्त्रणमा लिइएको बताए । प्रवक्ता न्यौपानेले आरोपित विरुद्ध विस्फोटक पदार्थ ऐन, हातहतियार तथा खरखजाना ऐन, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध ऐन लगायत कसूरमा देशभरका प्रहरी कार्यालयहरुमा अनुसन्धान जारी रहेको बताए ।
कारोबारबाट































प्रतिक्रिया