कास्की,८, मंशिर

अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोट तिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । "/>

हाम्रा कुरा सुन्दैनन्, भाषण मात्रै सुनाउँछन् !

हाम्रा कुरा सुन्दैनन्, भाषण मात्रै सुनाउँछन् !

केन्द्रबिन्दु
0
Shares

कास्की,८, मंशिर

अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोट तिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट ।कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ । तर गाउँलेले दलका नेतासँग आँखा जुधाउन पाएका छैनन् । सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृति मात्रै छैन, ब्राह्मण, क्षत्री र दलितको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीका लागि स्थानीयले वर्षौं देखि पर्खिएका छन् । अरू बेला नआए पनि चुनावमा नेता आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने पनि छैन भुजेल गाउँलाई । ०६४ को चुनाव आयो, गयो । ०७० को चुनाव आयो, गयो । तर कोही नेता भोट माग्न पनि गाउँ आएनन् । गाउँलेलाई लागेको थियो, नेताले भोट माग्नेछन्, त्यही बेला पानी मागौंला ।

पोखरा महानगरको वडा नम्बर २४ र निर्वाचन क्षेत्र विभाजन अनुसार कास्की ३ मा पर्ने भुजेल गाउँको त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन । प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार शुक्रराज शर्मा कास्कीकोट आएका थिए, तर भुजेल गाउँ पसेनन् । वाम गठबन्धन तर्फबाट प्रदेशमा एमाले उम्मेदवार राजीव पहारी पनि कास्कीकोटको मूलबाटो हुँदै हिँडिसके तर भुजेल गाउँ छिरेनन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार जगत विश्वकर्मा कास्कीकोट उक्लिसकेकै छैनन् । कांग्रेस उम्मेदवार शर्माले गाउँको केन्द्रमा आमसभा गरेर आफ्ना कुरा सुनाए । एमाले उम्मेदवार पहारीले पार्टी सम्पर्क कार्यालयमा भेला भएका आफ्ना समर्थकलाई भाषण सुनाए ।
दुवैको समानता के हो भने गाउँमा के खाँचो छ, स्थानीयको आवश्यकता र समस्या के हो , जनता के चाहन्छन् बुझ्ने प्रयासै गरेनन् ।
अन्नपूर्णबाट

Logo